हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको इजरायलको आरोप
मेरोन्यूज
२०८१ माघ १३ गते ९:१२

तेल अभिभ । गाजा पट्टीको उत्तरमा प्यालेस्टिनीहरूको फिर्ती अहिले पनि रोकिएको छ । इजरायलले हमासलाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ । यसपछि, गाजा पट्टीको उत्तरमा रहेका हजारौँ विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नो घर फर्कनबाट रोक लगाइएको हो ।इजरायलले मुख्य सडक अवरुद्ध गरेको छ ।
हमासले चार इजरायली महिला सैनिकहरूलाई रिहा गरेर बदलामा इजरायलले २०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेपछि यो विवाद सुरु भएको हो ।
इजरायली नागरिक अर्बल येहुदलाई रिहा नगरेसम्म गाजाका बासिन्दाहरूलाई उत्तरतिर जान अनुमति नदिने इजरायली सरकारले बताएको छ । हमासले उनी जीवित रहेको र अर्को हप्ता रिहा हुने भनिरहेको छ । सम्झौता अनुसार, हमासले सैनिकहरू भन्दा पहिले सर्वसाधारणलाई रिहा गर्नुपर्थ्यो ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया