दक्षिण श्रीलङ्कामा बस दुर्घटना, २९ जना घाइते

कोलम्बो । श्रीलङ्काको दक्षिणी प्रान्त गालमा आइतबार बिहान तीनवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा २९ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार बिहान ८ः३० बजेतिर निजी स्वामित्वका यात्रुबाहक बसहरु दुर्घटना भएका हुन् ।
प्रहरीको प्रारम्भिक रिपोर्टअनुसार एउटा बस रोकिराखेको अर्को बससँग ठक्कर खाएको र दुर्घटनाग्रस्त बस र तेस्रो बस ठोक्किएर धेरै यात्रु घाइते भएका देखिएको छ ।
सन् २०२० देखि २०२४ सम्ममा सवारी दुर्घटनामा परी १२ हजार १४० जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
श्रीलङ्काका अधिकारीहरूले यात्रुवाहक बसहरूमा ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन्।
श्रीलङ्का सरकारले सडक दुर्घटना रोक्नका साथै अपराध र लागूऔषध विरोधी अभियान सञ्चालन गर्ने उद्देश्यले थप १० हजार प्रहरी अधिकारीहरू भर्ती गर्न अनुमति दिएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया