सैफ अली खान आक्रमण मुद्दामा नयाँ ट्विष्ट, मिलेन पक्राउ परेकाकाे फिङ्गरप्रिन्ट

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण भएको १० दिनपछि यस मुद्दामा नयाँ ट्विष्ट आएको छ ।
यस घटनामा प्रहरीले बंगलादेशी नागरिक भनिएका आक्रमणकारी शरिफूल शहजादलाई पक्राउ गरेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । यसैबीच घटनामा नयाँ ट्विष्ट आएको छ ।
जानकारी अनुसार सीआईडीको अनुसन्धानमा अपराध स्थलबाट भेटिएका औँठाछापहरू कथित अभियुक्त शहजादको औँठाछापहरूसँग मेल खाएका छैनन् । मुम्बई प्रहरीले औँठाछापहरू अनुसन्धानको लागि सीआईडीलाई पठाएको थियो ।
अहिले प्रहरीले अनुसन्धानका लागि थप नमुनाहरू पठाउँदै छ ।
आरोपी शहजादका बुबाले पनि प्रहरीले मुद्दामा गलत व्यक्तिलाई पक्राउ गरेको दाबी गरेका छन्।
सीआईडीको यो रिपोर्टसँगै प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ ।
जनवरी १६ को बिहान बान्द्राको सतगुरु शरण भवनको १२ औँ तलामा रहेको अपार्टमेन्टमा सैफ अली खानमाथि चक्कु प्रहार भएको थियो । आक्रमणमा उनको घाँटी, हात र मेरुदण्डमा गम्भीर चोट लागेको थियो । आक्रमणपछि उनको लीलावती अस्पतालमा उपचार भएको थियो ।
सैफलाई जनवरी २१ मा अस्पतालबाट डिस्चार्ज गरिएको थियो । हाल उनको अवस्था सुधारोन्मुख छ ।













कोरला नाकाबाट दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
Nonagenarian man constructs water facility in Bhojpur school
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया