बुधबार, वैशाख ९, २०८३

रूपन्देहीमा करोड धरौटी बुझाएर छुटे रवि

मेरोन्यूज २०८१ माघ १३ गते २१:१३

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतले मागेको एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

Advertisement
NiccNicc

उनले धरौटीको सबै प्रक्रिया सकेर अदालतबाट बाहिरिँदा रातको सवा ८ बजिसकेको थियो। उनी गाडीबाट बाहिरिने क्रममा समर्थकले स्वागत गरेका थिए। रविले गाडीको झ्यालबाटै सबैलाई धन्यवाद र अभिवादन भनेका थिए।

जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई १ करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो। त्यसलगत्तै रविले उक्त रकमको व्यवस्थापन गरी बैंक ग्यारेन्टी बुझाएका हुन्। 

प्रतिक्रिया