बुधबार, वैशाख ९, २०८३

लेबनानले भन्योः इजरायली सेनाले १५ जना मार्‍यो, ८० घाइते पार्‍यो

मेरोन्यूज २०८१ माघ १३ गते २१:५२

काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले दक्षिणी लेबनानमा कम्तीमा १५ जनाको हत्या गरेको र ८० जनाभन्दा बढीलाई घाइते बनाएको बताएको छ।

Advertisement
NiccNicc

स्वदेश फिर्ता हुने समयसीमा आइतबार सकिए पनि इजरायली सेना अझै लेबनानका केही स्थानमा तैनाथ छन्।

इजरायलले हेजबुल्लाहसँगको ६० दिने युद्धविराम सम्झौता अझै पूर्ण रूपमा कार्यान्वयन नभएको बताएको छ।

लेबनानमा कति इजरायली सैनिक छन् र उनीहरू कति समयसम्म त्यहाँ रहनेछन् भन्ने कुरा अझै स्पष्ट छैन।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले कब्जा गरेका क्षेत्रमा मानिसहरू प्रवेश गर्न खोज्दा आक्रमण भएको थियो।

लेबनानी सेनाले इजरायली गोलीबारीमा आफ्ना एक सैनिकको मृत्यु भएको र अर्का एक घाइते भएको बताएको छ।

इजरायली सेनाले दक्षिणी लेबनानका धेरै क्षेत्रमा ‘चेतावनीपूर्ण गोली चलाएको’ बताएको छ।

तर उसले यसमा मानिसहरू हताहती भए वा भएनन् भन्ने कुरा खुलाएको छैन।

प्रतिक्रिया