सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै पर्वतका किसान (भिडियाेसहित)
पर्वत । पर्वतको जलजला गाउँपालिका–१ बासखर्कका बासिन्दा सुन्तला खेतीबाट स्वरोजगार र आत्मनिर्भर भएका छन् ।
समुुन्द्रि सतहदेखि एक हजार एक सय देखि एक हजार नौ सय मिटरको उचाईमा रहेको बाँसखर्कका दुई सय ३९ घरपरिवार मध्य मालगाउँ र घुमाउने ताल बाहेकको बस्तिका दुई सय बढी घरपरिवारले सुुन्तला खेती गरेका छन् ।
बाँसखर्कको एक हजार पाँच सय रोपनी क्षेत्रफलमा ५१ हजार एक सय ५१ सुुन्तलाका बोट छन् । यस वर्ष २६ हजार सात सय छ बोटमा रु. १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको अनुमान गरिएको छ ।
बाँसखर्कका बासिन्दालाई सुन्तला खेतीले स्वरोजगार, आत्मनिर्भर बनाउनुका साथै आम्दानी र रोजगारीको लागि विदेशिनुुपर्ने बाध्यताको अन्त्य गरेको छ । सुन्तलाखेतीबाट एउटा परिवारले वार्षिक रु. चार लाख देखि ४० लाख सम्म आम्दानी गर्छन् । सुुन्तला खेतीले बाँसखर्कको सामाजिक र आर्थिक अवस्थामा परिर्वतन ल्याएको छ ।
पश्चिम फर्किएको भिरालो पाखोमा रहेको बाँसखर्कका किसानले धान, कोदो, मकै, गहुु खेतीको विकल्पमा सुन्तला खेती गरेका छन् । देशका अन्य ठाउँका बगैचाको सुन्तला निख्रिएपछि माघ महिनादेखि बाँसखर्कमा सुन्तला टिपेर बजार पठाउन थालिएको छ ।
स्वादिलो र रसिलो हुने भएकाले बासखर्कको सुन्तला बजारमा ‘ब्राण्ड’ बनेको छ । बलबहादुुर अर्मजा, बमबहादुुर खत्री लगायतले वि.स. २०३० को दशकमा बाँसखर्कमा सुन्तला खेती भित्र्याएका थिए ।
अनुकुुल भूूगोल, सडक विस्तार, खाद्यान्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी हुने, बजारको सुविधा, बैङ्क वित्तीय संस्थाबाट ऋण सुविधा र सरकारी निकायको प्राविधिक सहयोगका कारण बासखर्कका कृषक सुुन्तला खेतीमा आकर्षित भएका छन् ।
म्याग्दीको बेनी देखि बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाई सुविधा विस्तार, नियमित विद्युत आपुर्ति गरि निर्माण भएको चिस्यानगृह सञ्चालन, पहिरो नियन्त्रण, सुुन्तलाको बगैचा भित्र रहेको बिद्युतको नाङगो तार ब्यवस्थापनका विषयमा माथिल्लो निकायको ध्यानाकर्षण गराउन गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको उपस्थितिमा शुक्रबार बाँसखर्कमा सुन्तला महोत्सव गरिएको थियो ।


















आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रतिक्रिया