रेड्मी १३ को भाउ घट्यो, अब किफायती मूल्यमै पाइने

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली ग्राहकहरूको लोकप्रिय स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन भएको रेड्मी १३ अब थप किफायती मूल्यमा उपलब्ध हुने भएको छ ।
शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामरा र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ । हाइपर ओएस सहितको शाओमीले प्रयोगकर्तालाई निर्बाध प्रयोग सुनिश्चित गर्दछ ।
यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “रेड्मी १३ को मूल्यमा छुट प्रदान गर्न पाउँदा हामी निकै खुसी छौँ । रेड्मी १३ कार्यक्षमता, नवीनता र डिजाइनको उत्कृष्ट संयोजन भएको डिभाइस हो । यस मूल्य समायोजनले ग्राहकहरूलाई अझ सन्तुष्ट बनाउने विश्वास हामीलाई छ । प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधि प्रदान गर्ने शाओमीको प्रतिबद्धतालाई हामीले रेड्मी १३ को साथमा कायम गरेका छौँ ।”
रेड्मी १३ का मुख्य विशेषताहरू
रेड्मी १३ को शक्तिशाली मेडियाटेक हेलिओ जी९१–अल्ट्रा प्रोसेसरले गेमिङ, मल्टिटास्किङ र दैनिक प्रयोगलाई सहज र प्रभावकारी बनाउँछ । साथै रेड्मी १३ को ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले प्रयोगकर्तालाई दमदार भिजुअल अनुभव प्रदान गर्नेछ ।
९० हर्जको रिफ्रेस रेट र टियुभी राइनल्याण्डबाट सर्टिफाइड डिस्प्लेले जीवन्त रंग प्रदान गर्नुका साथै आँखालाई आरामदायक दृश्य अनुभव प्रदान गर्दछ ।
१०८ मेगापिक्सेल मुख्य क्यामेरा र २ मेगापिक्सेल म्याक्रो लेन्स रहेको रेड्मी १३ ले हरेक फोटोलाई स्पष्ट र सटीक रूपमा कैद गर्न सक्षम बनाउँछ भने १३ मेगापिक्सेलको प्रन्ट क्यामेराले उत्कृष्ट सेल्फी र भिडियो कल अनुभव प्रदान गर्दछ ।
५०३० एमएएचको लामो समय टिक्ने ब्याट्री र ३३ वाटको फास्ट चार्ज सुविधाले ग्राहकहरूलाई दिनभरिका लागि ब्याट्री पावर प्रदान गर्नुका साथै छिटो चार्ज गर्न पनि सक्षम बनाउँछ ।
रेड्मी १३ को नयाँ मूल्य तथा उपलब्धता
६ जिबी + १२८ जिबीको पुरानो मूल्य १८ हजार ९९९ रुपैयाँ रहेकोमा घटाएर नयाँ मूल्य १७ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, ८ जिबी + २५६ जिबीको पुरानो मूल्य २१ हजजार ९९९ रुपैयाँ रहेकोमा नयाँ मूल्य २० हजार ९९९ रुपैयाँ तोेकेको छ ।
रेड्मी १३ मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओसन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध रहेको छ । यो स्मार्टफोन देशभरका सबै एमआई स्टोरका साथै शाओमीका आधिकारिक स्टोरहरूमा किन्न सकिनेछ ।
रेड्मी १३ अब झनै आकर्षक मूल्यमा उपलब्ध भएपछि प्रयोगकर्ताहरूले भरपर्दो र शक्तिशाली स्मार्टफोनको अनुभव पाउन झनै सहज भएको छ ।
















HoR elections: Inundation in monsoon, water shortage during winter main concern of Mahottari-2 voters
बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
पत्रकार दिनेश सिटौलाको निधन
महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया