भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न सकेको छैन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न नसकेको बताएका छन् ।
आज मन्त्रालयमा मन्त्री भण्डारी एवं भारतका अतिरिक्त सचिव मुनु महावरबीच भएको शिष्टाचार भेटका क्रममा मन्त्री भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भए पनि व्यापारको आकार बढे अनुरूप निर्यात बढ्न नसकेको बताए । त्यसका लागि नीतिगत रुपमा यसलाई सम्बोधन गर्न सरकारले काम गरिरहेको उनले बताएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
मन्त्री भण्डारीले विद्यमान व्यापार सन्धि संशोधनका लागि दुवै देशको सह–सचिवस्तरमा रहेको प्राविधिक समितिको बैठक चाँडै बसेर सो विषय टुङ्ग्याउनुपर्नेमा जोड दिए ।
हालै सम्पन्न वाणिज्य सचिवस्तरको अन्तर सरकारी समिति ९आइजिसी० बैठकमा ब्यूरो अफ इण्डियन स्टान्डर्ड ९बीआईएस० प्रमाणपत्र जारी तथा नवीकरणलगायतका विषयमा प्रगति नभएको नेपाली निर्यातकर्ताको गुनासो प्राप्त भइरहेकाले उक्त समस्या समाधानका लागि मन्त्री भण्डारीले आग्रह गरे ।
उक्त भेटमा उनले नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी मार्चको २ र३ मा काठमाडौँमा हुन गइरहेको नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलनमा भारतका तर्फबाट उच्च तहका पदाधिकारी एवं भारतीय उद्योगी व्यवसायी तथा लगानीकर्ताको उल्लेख्य सहभागिता रहने विश्वास व्यक्त गरे ।
साथै मन्त्री भण्डारीले नेपाल र भारतबीच खुला सीमाना, भौगोलिक निकटता र जनस्तरको घनिभूत सम्बन्धका कारण दुई देशबीच बलियो आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गरेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा अतिरिक्त सचिव महावरले भारतले छिमेक पहिलो नीति अन्तर्गत नेपाललाई उच्च प्राथमिकतामा राखेको जनाउँदै नेपालको विकासमा भारत सरकार सहयोग गर्न तत्पर रहेको बताउए । उनले भेटका क्रममा उठेका विषयलाई सम्बोधन गर्न आफ्नातर्फबाट सम्बद्ध निकायहरुसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो भेटघाटमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय एवं नेपालस्थित भारतीय राजदूतावासका कर्मचारीको उपस्थिति रहेको जनाइएको छ ।















Fire destroys 330 hectares of forest in Jumla
जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया