बिहीबार, वैशाख १०, २०८३

बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे

मेरोन्यूज २०८१ माघ १४ गते २१:५३

अछाम । अछाममा बाघको आक्रमणबाट सात बाख्रा मरेका छन्।

Advertisement
NiccNicc

पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाका कुशे भाटले पालेका सात बाखा आइतबार राति बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

बाख्राको खोरभित्रै बाघले सात वटा बाख्रा मारिदिएपछि भाटको झन्डै एक लाखको क्षति भएको बताइएको छ। गाउँमै स्थानीय जातका बाख्रा पालेर व्यवसाय गरिरहेका उनले बाख्रापालन व्यवसायबाटै आफ्नो जीविकोपार्जन गरिरहेका थिए।

प्रतिक्रिया