अमर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । सहिद सप्ताहअन्तर्गत सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दप्रति आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
उनीहरुले अमरत्व प्राप्त गरेको शोभाभगवतीमा काठमाडौँ महानगरपालिकाले श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सभामा श्रेष्ठ र चन्दको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको हो । तत्कालीन जहानियाँ राणा शासनविरुद्ध विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा विसं १९९७ माघ १५ गते सोही स्थानमा श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको थियो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सहिदले देखाएको निष्ठा र त्यागको आदर्श अनुकरणीय रहेकाले त्यसलाई सबैले अवलम्बन गर्नुपर्ने बताइन् ।
काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले मुलुकमा प्रजातान्त्रिक पद्धति विकास गर्न सहिदको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताउँदै जनतालाई सुखी तथा समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने बताए।
काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले देशमा जनताका अधिकारलाई स्थापित गरी मुलुकलाई लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालन गर्न सकेमा सहिदको आत्माले शान्ति पाउने विचार व्यक्त गरिन् ।
सो अवसरमा महानगरपालिकाका विभिन्न कर्मचारी, स्थानीयवासी, समाजसेवी, शिक्षाविद्लगायतको सहभागिता थियो । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।













निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया