विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ परेका छन ।
सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै रु २२ लाख ३८ हजार , दवाडीले जापान पठाइदिने भनेर दुई जनाबाट रु तीन लाख, विकले सुरेन्द्रले अमेरिका पठाइने वहानामा रु ९७ लाख ५४ हजार र पौडेलले कुवेत पठाइदिन्छु भन्दै रु एक लाख ६० हजार ठगेका थिए ।
अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।









यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया