बाँकेका ज्येष्ठ तथा अशक्त नागरिकलाई कम्बल वितरण

नेपालगञ्ज। बाँकेका आठ स्थानीय तहमा चिसोको जोखिममा रहेका ज्येष्ठ तथा अशक्त नागरिकलाई कम्बल वितरण गरिएको छ ।
जिल्लाको नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले उनीहरुलाई शीतलहर र चिसोबाट बचाउन भन्दै एक हजार तीन सय ५९ कम्बल वितरण गरेको जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
“अझै पनि कम्बल वितरण जारी रहेको छ, तर सबै विस्तृत विवरण आएको छैन”, उनले भने । वितरण गरिएका कम्बलमध्ये सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा पाँच सय ८४, कोहलपुर नगरपालिकामा चार सय ७५ र खजुरा गाउँपालिकामा तीन सय थान वितरण गरिएका छन् । यसबाहेक अधिकांश स्थानीय तहका विभिन्न चोकमा आगो ताप्ने प्रबन्धसमेत गरिएको छ । केही ज्येष्ठ नागरिकलाई फाइबर सिरकसमेत वितरण गरिएको थियो । माघको दोस्रो साताबाट चिसो बढेपछि उनीहरुलाई कम्बल वितरण गरिएको हो ।
केही दिनअघि बसेको बाँकेको विपद् व्यवस्थापन समितिले वन डिभिजन कार्यालयसँग सहुलियत दरमा दाउरा खरिद गरेर चिसोमा आगो ताप्ने प्रबन्ध गर्ने निर्णय गरेको थियो । अहिलेसम्म चिसो बढेपछि करिब ६१ क्विन्टल दाउरा खरिद गरेर जिल्लाका विभिन्न स्थानीय तहमा वितरण गरिएको छ ।
सूचना अधिकृत ज्ञवालीले जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा २०, खजुरा गाउँपालिकामा दुई सय, जानकी गाउँपालिकामा तीन सय ५०, राप्तीसोनारीमा एक सय, जिल्ला विपद् व्यवस्थापन समितिमा दुई सय र नेपाल रेडक्रस सोसाइटी बाँकेमा एक सय कम्बल मौज्दात रहेका छन् ।
चिसो बढेपछि यहाँका निजी तथा सरकारी विद्यालयले यही माघ ९ देखि १३ गतेसम्म जाडो बिदा दिएका थिए । दिनहुँजसो बिहानको समयमा नेपालगञ्ज आसपासमा बाक्लो हुस्सु लाग्ने गरेको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया