बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई उपकरण हस्तान्तरण

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । ‘हेल्पिङ हेल्ड फर रिलिफ एण्ड डेभलपमेन्ट’ संस्थाले ५९ लाख बराबरका सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।
ग्रामीण महिला विकास केन्द्र (आरडब्लुडिसी)ले हेल्पिङ हेल्डबाट प्राप्त ती सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो । केन्द्रका अध्यक्ष छलिकुमारी शर्मा र परियोजना व्यवस्थापक कृष्णहरी सापकोटाले अस्पतालका अध्यक्ष डा विजय न्यौपाने र कार्यकारी निर्देशक डा शिवजी पौडेललाई एक सय ५३ प्रकारका सामग्री हस्तान्तरण गरो हुन् ।
अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले सहयोगी दाताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । अस्पताललाई सरकारले दिने रकम घटाउँदै लगेको तर सेवा सुविधा बढाउँदै लैजानु परेको गुनासो गर्दै डा पौडेलले दाताको सहयोगले विपन्नको उपचारमा मद्दत पुग्ने बताए ।













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया