सामसङको भ्यालेन्टाइन अफर : ग्यालेक्सी एस २४ अल्ट्रा र जि सिरिजमा मूल्य घट्यो

काठमाडाैं । भ्यालेन्टाइनको अवसरमा सामसङ नेपालले ग्यालेक्सी एस २४ र जेटफोल्ड शृंखलाका स्मार्टफोनको मूल्य घटाएको छ।
कम्पनीले यी स्मार्टफोनमा प्राइस ड्रप तथा बोनस फ्रि गिफ्ट रहेको अफरमार्फत अझ सुलभ मूल्यमा बजारमा उपलब्ध गराएको जनाएको छ।
यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जीबी) प्रियजनहरुलाई गिफ्टको रुपमा खरिद गर्न चाहने ग्राहकहरुले सो खरिदमा २५ हजार रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ।
यस प्राइस ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा ५ हजार ४९९ रुपैयाँ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा ५ हजार ४९९ रुपैयाँ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्नेछन्।
योसँगै जेडफोल्ड ६–१२/५१२ जीबी पहिले २ लाख ४९ हजार ९९९ रुपैयाँ पर्नेमा अब २ लाख २९ हजार ९९९ रुपैयाँ, जेडफोल्ड ६–१२/२५६ जीबीलाई २ लाख ३४ हजार ९९९ पर्नेमा अब २ लाख १४ हजार ९९९ रुपैयाँ पर्नेछ। त्यसैगरी जेडफ्लिप ६–१२/२५६ जीबी १ लाख ५४ हजार ९९९ पर्नेमा अब १ लाख ३९ हजार ९९९ रुपैयाँ र एस२४ अल्ट्रा–१२/२५६ जीबीलाई १ लाख ८४ हजार ९९९ पर्नेमा अब १ लाख ५९ हजार ९९९ रुपैयाँ पर्नेछ।
देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधिभित्र ० प्रतिशत ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। यो प्रक्रियालाई सहज बनाउनको लागि प्रमाणपत्रको रुपमा केबल आफ्नो नागरिकता आवश्यक पर्नेछ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया