उदयपुरमा एक पुरुषको शव फेला
मेरोन्यूज
२०८१ माघ १५ गते १६:४६

कटारी (उदयपुर)। यहाँको उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ । आज दिउँसो सोही वडाको घलेडाँडा घर भएका अन्दाजी ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव फेला परेको हो ।
उक्त शव फेला परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए । “घटनास्थलमा अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पठाएका छौँ”, उनले भने।
प्रहरीका अनुसार सोमबार साँझ नजिकैको एक पसलबाट साथीहरुसँग मदिरा सेवन गरी घले छुटेका थिए । स्थानीयले घटना शङ्कास्पद रहेको भन्दै शव उठाउन नदिएपछि प्रहरीले अनुसन्धानका लागि कुकुर प्रयोग गरेको जनाएको छ । स्थानीय होम बस्नेतका अनुसार मदन भण्डारी सडक हेरालुहरुले सफाइका क्रममा कल्भर्ट मुनी शव देखेर प्रहरीलाई जानकारी दिएका थिए ।
सम्बन्धित













आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
Foreign Minister Sharma leaves for Dhaka
64 days to go for voting: 64 political parties submit closed lists for proportional representation
विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया