नेयमारले छाडे साउदी क्लब अल हिलाल, अब कता ?

काठमाडौं। ब्राजिलियन स्टार नेयमारले साउदी प्रो क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् ।
क्लब र खेलाडीबीच सोमबार राति आपसी समझदारीमा सम्झौता रद्ध गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ब्राजिलका सर्वाधिक गोलकर्तासमेत रहेका ३२ वर्षीय नेयमार घुँडाको समस्या कारण अक्टोबर २०२३ देखि लगातार मैदानबाट बाहिर रहदैँ आएका छन् । ‘क्लब र खेलाडीबीचको आपसी समझदारीमा सम्झौता रद्ध गरिएको छ,’ क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
दुई वर्ष अल हिलाल रहँदा नेयमारले मात्र ७ खेले खेल्न सकेका थिए । उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ९० मिलियन युरोमा साउदी अरेबिया पुगेका थिए ।
नेयमारले ब्राजिलबाट हालसम्म ७९ अन्तराष्ट्रिय गोल गरिसकेका छन् । उनी अब बाल्यकालको क्लब सान्तोष फर्कने अनुमान गरिएको छ । सन् २०१३ पछि उनी सान्तोषबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।
सन् २०१७ मा २२२ मिलियन युरोपमा पिएसजी पुगेका नेयमार साउदी क्लब छाडे पछि कता जाने हो ? अहिलेसम्म केही खुलाइएको छैन ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया