कोहलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
मेरोन्यूज
२०८१ माघ १५ गते २१:४५

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा घाँस काट्न जङ्गलमा गएका एक किशोरको आज करेन्ट लागेर मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर १२ का १४ वर्षीय सन्दीप अर्यालको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार अर्याललाई कोहलपुर नगरपालिका–१२ स्थित रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा करेन्ट लागेको थियो ।
घाँस काट्नका लागि कुसुमको रूखमा चढेका अर्यालले विद्युतको हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट लागेको प्रनाउ भण्डारीको भनाइ छ ।
रूखमा करेन्ट लागेपछि भुइँमा लडेर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया