तेस्रो खेलमा इंग्ल्याण्डसँग भारत २६ रनले पराजित

काठमाडौं । इंग्ल्याण्डले भारतसँगको तेस्रो टी-२० मा सफलता पाएको छ। यो जितसँगै भारत र इंग्ल्याण्डको शृङ्खला रोमाञ्चक बनेको छ।
५ खेलको शृङ्खलामा घरेलु टोली भारत २-१ ले अघि छ। मंगलबार भएको खेलमा इंग्ल्याण्डले भारतलाई २६ रनले हराएपछि शृङ्खला रोचक बनेको हो।मंगलबार साँझ इंग्ल्याण्डले दिएको १७२ रनको लक्ष्य पछ्याएको भारत ९ विकेट गुमाउँदै १४५ रनमा सीमित भएको हो।
भारतका हार्दिक पाण्डेले ४० तथा अभिषेक शर्माले १४ बलमा २४ रन प्रहार गर्नुबाहेक अन्य कोही पनि प्रभावकारी हुन सकेनन्।इंग्ल्याण्डका जेम ओभरटनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। किफायती रसिदले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए। जोफ्रा आर्चर र ब्रायडन कर्सले समान दुईदुई विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। इंग्ल्याण्डका डेन बकेटले २८ बलमा ५१ रन जोडे। उनले ७ चौका र २ छक्का प्रहार गरे।
यसैगरी, लियाम लिभिङ स्टोनले २४ बलमा ४३ रन जोडे। उनको पारीमा १ चौका र ६ छक्का समावेश थियो।
भारतका वरुण चक्रवर्तीले ४ ओभरमा २४ रन खर्चेर ५ विकेट लिए भने हार्दिक पाण्डेले २ विकेट लिए। चक्रवर्ती सो खेलको म्यान अफ द म्याच बने।











ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया