‘काठेपुल मुक्त’ बन्यो हल्दिबारी

झापा । हल्दिबारी गाउँपालिकाले बिगत छ वर्षमा स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । विसं २०७५ मा गाउँपालिकाले ‘काठेपुल मुक्त अभियान’ सुरु गरेको थियो ।
अभियानले सफलता पाएसँगै हल्दिबारीका सबै पुलपुलेसा पक्की बनेका हुन् । पालिकाका भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर संकल्प खनालले वि.सं. २०७५ यता १०० वटा पक्की पुल निर्माण भएको बताए । उनले भुतेनी र भुसुडी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेको जनाउँदै अरु खोला खोल्साको पुल सञ्चालनमा आइसकेको जानकारी दिए ।
पालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अब हल्दिबारीमा ज्यानको जोखिम मोलेर काठको पुल तर्नुपर्ने बर्षौदेखिको बाध्यता हटेको बताए । “पहिलोपल्ट पालिकाको अध्यक्षमा निर्वाचित हुँदा हल्दिबारीका बसै पुल कच्ची र काठबाट निर्मित थिए,” उनी भन्छन्,“पुल पार गर्दा काठ भाँचिएला कि भन्ने डर हुने र बाढीले बगाउला कि भन्ने त्रास बोक्नु पर्ने अवस्था थियो ।”
अध्यक्ष लिङ्देनले नै वि.सं. २०७५ मा ‘काठेपुल मुक्त अभियान’ घोषणा गरेका थिए । पालिकाले प्राथमिकतापूर्वक आवश्यक बजेट बिनियोजन गरेपछि धमाधम काठेपुल हटाएर पक्की पुल बनाउन थालिएको थियो ।
पाँच वटा वडा रहेको हल्दिबारीमा ३३ हजार जनसंख्या छ । सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सुविधाका लागि पालिकाले उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको अध्यक्ष लिङ्देन बताउँछन् ।
एक सय वटा पक्की पुल निर्माण गर्न १० करोड खर्च भएको भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर खनालले बताए । यसैवर्षको फागुन ३० गतेसम्ममा भुतेनी र भुसुडी खोलाको निर्माणाधीन पुलको कार्य सम्पन्न भइसक्ने उनले जानकारी दिए ।
पालिकाले पुल र सडक निर्माणमा आन्तरिक स्रोतको परिचालन गर्दै आएको जनाएको छ । बिगत छ वर्षमा हल्दिबारीमा आन्तरिक स्रोतबाटै ३५ किमी सडक कालोपत्रे भइसकेको छ भने पाँच किमी कालोपत्रे निर्माणको चरणमा रहेको खनालले बताए ।













नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया