सोमबार, वैशाख ७, २०८३

एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

मेरोन्यूज २०८१ माघ १६ गते १८:५८

काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गरेका एमाले महासचिव शंकर पोखरेलले वरिष्ठ उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेका कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गएराति महासचिव पोखरेल जापान प्रस्थान गरेका हुन्।

डा अधिकारीका अनुसार नेपालको विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रमसहित मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रममा महासचिव पोखरेल सहभागी हुनेछन्।

प्रतिक्रिया