धनुषामा लाटोकोसेरो तथा हुचिल उत्सव हुँदै

धनुषा। मिथिला विहारी नगरपालिका-२ र ३ मा लाटोकोसेरो (उल्लु) तथा हुचिल (मुहदुसा) उत्सव २०८१ हुने भएको छ।
माघ २५ र २६ गते उक्त उत्सवको १२औँ संस्करण हुने आयोजक समितिका संयोजक देवनारायण मण्डलले जानकारी दिए।
मिथिला वाइल्ड लाइफ ट्रस्टको आयोजना र प्रकृतिका साथीहरू संस्थाको सहकार्यमा उक्त उत्सव हुने जनाइएको छ।
नेपाल, अमेरिका र इटालीमा मात्र आयोजना हुने यो अन्तर्राष्ट्रिय लाटोकोसेरो उत्सवले लोपोन्मुख लाटोकोसेरो तथा हुचिल संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखिएको छ।
संयोजक मण्डलले उत्सवमा निःशुल्क प्रवेश गराइने र उत्सवको पूर्वतयारीअनुरूप विभिन्न विद्यालयमा लाटोकोसेरो संरक्षण चेतना शिविर सञ्चालन भइरहेको बताए।
उत्सवमा चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाच प्रदर्शनी र वनविज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीको लाटोकोसेरो संरक्षणसम्बन्धी नाच र नाटक प्रदर्शन गरिने आयोजकले जनाएको छ।
सन् २०१२ देखि नेपालमा यो उत्सव मनाउन थालिएको हो।
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया