महिला हाफ म्याराथनको उपाधि सेनामा कार्यरत विकलाई

तनहुँ । सहिद दिवसका अवसरमा व्यास नगरपालिकाद्वारा आज आयोजित चौथो व्यासनगर खुला महिला हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत रोल्पाकी आश्मा विकले चुमेकी छन् ।
विकले व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरी एक घण्टा ५७ मिनेट ३४ सेकेण्डमा पार गर्दै प्रथम पुरस्कार हात पारेकी हुन् । म्याराथनमा सहभागी ३३ जना धावकलाई पछि पार्दै उनले रु ४१ हजार ८१ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको उपप्रमुख इन्दिरा दरैले जानकारी दिईन् ।
उनका अनुसार ओखलढुङ्गा निवासी नेपाली सेनाकी लक्पा डिङ्मा शेर्पाले दुई घण्टा चार मिनेट ५३ सेकेण्डमा पार गरी द्वितीय बनेकी छन् । उनले ३१ हजार ८१ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।
त्यसैगरी नेपाल प्रहरीमा कार्यरत काठमाडौंकी विमला तामाङले दुई घण्टा बाह्र मिनेट ३८ सेकेण्डमा पार गर्दै तृतीय स्थान हासिल गरी रु २१ हजार ८१ ट्रफी तथा प्रमाणपत्र प्राप्त गरिन्।
म्याराथनमा सान्तवना हुने नम्रता गुरुङ, सन्ध्या अधिकारी, अस्मिता थापा, सङ्गीता रानाभाट र मुना मजकोटी पाँच जनालाई जनही रु ११ हजार ८१ का दरले नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
विजयी खेलाडीलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यासकी उपप्रमुख इन्दिरा दरैले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया