सभापति कपको उपाधिमा संकटा र आयोजक बागमती दुवैको दावी

काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौंमा जारी सभापति कप फुटबलको फाइनल खेल्नै दुवै टिमले उपाधि जित्ने दावी गरेका छन् ।
उपाधिका लागि विहीबार साँझ साढे ५ बजे संकटा क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती)बीच प्रतिस्पर्धा हुने छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मिडिया सेन्टरमा भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमले पहिलो संस्करणको उपाधि जित्दै इतिहास बनाउने लक्ष्य लिएको बताए ।
पत्रकार सम्मेलनमा संकटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले उपाधि जितेपछि ट्रफी सानो वा ठूलो नहुने बताए । पहिला क्वाटरफाइनल र सेमिफाइनलमा राम्रो गरेकाले सम्पूर्ण टिमको पनि मोरल हाइ रहेको उनको भनाई छ ।
फाइनलमा खेल्ने विपक्षी टिमको दुवै खेल हेरेको बताउँदै त्यसकै आधारमा रणनीतिका साथ मैदान उत्रिने पनि शिलाकारले बताए । संकटाका कप्तान दीप कार्कीले फाइनल जित्नकै लागि मैदान उत्रिने बताउँदै तयारी राम्रो रहेको उल्लेख गरेका छन् ।
यसैगरी, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) टिमका कप्तान विकेश कुथुले संकटा सेट टिम भएको बताउँदै आफूहरु पनि कडा चुनौती दिन तयार रहेको बताए । आफूहरुले पनि विपक्षीलाई कमजोर नठान्ने पनि उनले बताए । प्रशिक्षक प्रकाश बैद्यले यसअघि देखिएका कमजोरीहरुमा सुधार गर्दै फाइनल जित्ने लक्ष्य रहेको सुनाए । निर्धारित ९० मिनेटभित्रै नतिजा निकाल्ने गरी मैदान उत्रिने लक्ष्यमा रहेको पनि उल्लेख गरे ।
फाइनल खेल विहीबार साँझ साढे ५ बजेदेखि सुरु भए पनि अपरान्ह ४ बजेदेखि रंगशालामा झाँकीसहितको प्रस्तुती रहेने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगदै २६ लाख र उप विजेताले नगदै १३ लाख प्राप्त गर्ने छ । यसै गरी दैनिक प्लेयर अफ दी म्याचले १५ हजार पाउँदै आएका छन् भने प्रतियोगिताको फाइनल पछि सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।
फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म रु एक सय र रु दुई सय तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया