सभापति कपको उपाधिमा संकटा र आयोजक बागमती दुवैको दावी

काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौंमा जारी सभापति कप फुटबलको फाइनल खेल्नै दुवै टिमले उपाधि जित्ने दावी गरेका छन् ।
उपाधिका लागि विहीबार साँझ साढे ५ बजे संकटा क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती)बीच प्रतिस्पर्धा हुने छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मिडिया सेन्टरमा भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमले पहिलो संस्करणको उपाधि जित्दै इतिहास बनाउने लक्ष्य लिएको बताए ।
पत्रकार सम्मेलनमा संकटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले उपाधि जितेपछि ट्रफी सानो वा ठूलो नहुने बताए । पहिला क्वाटरफाइनल र सेमिफाइनलमा राम्रो गरेकाले सम्पूर्ण टिमको पनि मोरल हाइ रहेको उनको भनाई छ ।
फाइनलमा खेल्ने विपक्षी टिमको दुवै खेल हेरेको बताउँदै त्यसकै आधारमा रणनीतिका साथ मैदान उत्रिने पनि शिलाकारले बताए । संकटाका कप्तान दीप कार्कीले फाइनल जित्नकै लागि मैदान उत्रिने बताउँदै तयारी राम्रो रहेको उल्लेख गरेका छन् ।
यसैगरी, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) टिमका कप्तान विकेश कुथुले संकटा सेट टिम भएको बताउँदै आफूहरु पनि कडा चुनौती दिन तयार रहेको बताए । आफूहरुले पनि विपक्षीलाई कमजोर नठान्ने पनि उनले बताए । प्रशिक्षक प्रकाश बैद्यले यसअघि देखिएका कमजोरीहरुमा सुधार गर्दै फाइनल जित्ने लक्ष्य रहेको सुनाए । निर्धारित ९० मिनेटभित्रै नतिजा निकाल्ने गरी मैदान उत्रिने लक्ष्यमा रहेको पनि उल्लेख गरे ।
फाइनल खेल विहीबार साँझ साढे ५ बजेदेखि सुरु भए पनि अपरान्ह ४ बजेदेखि रंगशालामा झाँकीसहितको प्रस्तुती रहेने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगदै २६ लाख र उप विजेताले नगदै १३ लाख प्राप्त गर्ने छ । यसै गरी दैनिक प्लेयर अफ दी म्याचले १५ हजार पाउँदै आएका छन् भने प्रतियोगिताको फाइनल पछि सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।
फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म रु एक सय र रु दुई सय तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया