सोमबार, चैत ९, २०८२

आजदेखि कीर्तिपुरमा त्रिकोणात्मक टी-२० शृङ्खला

मेरोन्यूज २०८१ माघ १७ गते ७:२१

काठमाडौं । बिहीबारदेखि नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी-२० शृङ्खला सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी-२० शृङ्खलाको ट्रफी बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरेकी छिन्। उनले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ।

बिहीबारदेखि सुरु भई माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। पहिलो खेलमा आज नेपाल र नेदरल्याण्डले प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया