सतिघाट–दिङ्ला सडक : दुई आर्थिक वर्षमा २ किमी कालोपत्र

भोजपुर । वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँबाट समस्या भोग्दै आएको सडक कालोपत्र भएपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई सहजता भएको छ ।
बढीमा मात्रमा समस्या हुने सतिघाट–दिङ्ला करिव दुई किलोमिटर सडक कालोपत्र गरिएपछि स्थानीयलाई सहजता भएको हो । कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय अन्तर्गत दुई किमी सडक कालोपत्र सम्पन्न भएको हो ।
यस आर्थिक वर्षमा दुई करोड २० लाख लागतमा दोश्रो खण्डको बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । गत आर्थिक वर्षमा पहिलो खण्डको आठ सय मिटर कालोपत्र सम्पन्न गरिएको उनको भनाइ छ ।
दुई आर्थिक वर्षमा दुई किमी सडक निर्माण सम्पन्न भएको उनले जानकारी दिए । “सातिघाट–दिङ्ला सडक कालोपत्र गरिरहेका छौँ” प्रमुख रेड्डीले भने,“यो सडकमा बर्षेनी थोरै थोरै मात्र बजेट आउने गरेको छ । यो आर्थिक वर्षमा करिव बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको छ ।”
उत्तरी क्षेत्रको लागि निकै महत्वपूर्ण सडक भएपनि राज्यबाट कम मात्र बजेट विनियोजन हुँदा थोरै÷थोरै मात्र सडक कालोपत्र गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । राज्यले यस्ता महत्वपूर्ण सडकलाई बहुवर्षिय सडकमा राखेर प्राथमिकताका साथ बजेट विनियोजन गर्नु पर्ने उनले बताए । यो सडक खण्डको कुल लम्बाई बाह्र किलोमिटर रहेको उनको भनाइ छ ।
यहाँ प्रि मिक्स प्राविधिबाट सडक कालोपत्र गरिएको हो । सडक तोकिएको मापदण्ड अनुसार गुणस्तरियढंगले निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका सव–इन्जिनियर चन्द्र शेखर सिंहाले बताए । सडकमा लगाएको सामग्रीको ल्याव परिक्षण गरेर मात्र प्रयोगमा ल्याइएको उनको भनाइ छ ।
२०८० चैत महिनाबाट शुरु भएको सडक निर्माणको ११ महिनामा सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि नवीन यादवले बताए । सातिघाट–दिङ्ला सडक कालोपत्र भएपछि सहजता भएको स्थानीयबासीको भनाइ छ । भोजपुर र संखुवासभालाई जोड्ने सतिघाटमा पक्की पुलबन्न आवश्यक रहेको स्थानीयबासी नवीन कार्कीले बताए । राज्यको तहबाट यहाँ पक्की पुल निर्माण पहल भएदेखी स्थानीयबासीलाई थप सहजता हुने उनको भनाइ छ ।
यो प्रदेश सरकारको बजेटमा सडक कालोपत्र भएपछि आवतजावतमा सहजता भएको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए । सडक कालोपत्रले स्थानीयलाई सहज भएपनि अरुण नदीमा पक्की पुल नहुँदा भने समस्या रहेको उनको भनाइ छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
प्रतिक्रिया