अमेरिकामा विमान-हेलिकप्टर दुर्घटनाः अहिलेसम्म १८ शव निकालियो
मेरोन्यूज
२०८१ माघ १७ गते १२:३४

काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान हेलिकोप्टरसँग ठोक्किएको घटनामा अहिलेसम्म १८ जना मृत भेटिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार नदीबाट १८ वटा शव निकालिएको छ ।
स्थानीय समय बुधबार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै चालक दलका ४ सदस्यसहित ६४ जना सवार विमान र ३ सैनिक चढेको हेलिकप्टर ठोकिएर पोटोम्याक नदीमा खसेका हुन्।
खोजी कार्यमा रहेको टोलीले अहिलेसम्म कुनै पनि जीवित व्यक्ति फेला पारेको छैन ।
कान्सासको विचिटाबाट उडेको अमेरिकन इगल फ्लाइट ५३४२ विमान अवतरण गर्न खोजिरहेका बेला सेनाको हेलिकप्टरसँग ठोक्किएको थियो।
सम्बन्धित
















कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया