प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीबिच भेटवार्ता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीसहितको टिम बिच भेटवार्ता भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा सो भेटघाट भएको हो । प्रकाश सापकोटाको अध्यक्षतामा नयाँ केन्द्रिय कार्यसमिति चयन भएको हो ।
‘आज विहान खुमलटारमा अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरूसङ्ग भेट भयो, आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान युवाहरूको उर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवा गर्न सहि ढंगले प्रयोग हुने विश्वास लिएको छु,’ अध्यक्ष प्रचण्डले सो भेटवार्ता पछि भने, ‘ सम्पुर्ण निर्वाचित टिमलाई पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’
उनले अगाडी भने, ‘विद्यार्थी आन्दोलनबाट विदाई भएका सबै युवा कमरेडहरूलाई पार्टीका विभिन्न भुमिकामा रहेर क्रियाशिल हुन आग्रह गर्दछु।’ साथै, सम्मेलन सफल पार्न अहोरात्र खट्ने निर्वाचन आयोग र समिति, सम्पुर्ण पार्टी पंक्ति, युवा तथा अन्य जनसंगठन, सुरक्षाकर्मी र पत्रकारहरू प्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन ।


















वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया