यामाहा नेपालले महिला टी-२० त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजन गर्ने

काठमाडौं । यामाहा नेपालले बिहिबार (आज) बाट टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएकाे त्रिकोणात्मक टी-२० शृङ्खला २०२५ को टाइटल प्रायोजनको घोषणा गरेको छ।
माघ १७ देखि २५ गतेसम्म चल्ने यस प्रतियोगितामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपालमा लोकप्रिय खेलहरूमध्येको एक क्रिकेट यामाहा ब्रान्डसँग जोडिँदा युवा महिला खेलप्रेमीहरूलाई आत्मविश्वास र दृढ संकल्पका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरणा मिल्ने कम्पनीले जनाएको छ ।
त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले नेपालमा क्रिकेटको विकासमा योगदान पुर्याउन पाउँदा उत्साहित भएको बताए ।
अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र असाधारण विश्वसनीयताका लागि परिचित यामाहा एमएडब्लू राइड्स अन्तर्गतको नेपालको अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो।
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया