‘मिस एण्ड मिस्टर युनिभर्स सुपर स्टार’को ग्राण्ड फिनाले शनिबार हुँदै

काठमाडौं । स्मार्ट गफ कम्पनी र युनिभर्स ग्लोबल फ्लोरिडा युएसएको प्रस्तुतीमा माग १९ गते शनिबार मिस एण्ड मिस्टर युनिभर्स सुपर स्टारको ग्राण्ड फिनाले हुने भएको छ । फिनाले ललितपुरको द प्लाजामा आयोजना हुने भएको हो ।
कार्यक्रममा २८ प्रतिस्पर्धीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरुमध्ये भोटिङ राउण्बाट दुई जना र जर्ज राउण्डबाट दुई जना गरी चार जनाको फाईनलका लागि छनोट हुने जनाइएको छ ।
आयोजकका अनुसार विजेताले पुरस्कार स्वरुप ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १० ग्राम सुन प्राप्त गर्ने छन् । द प्लाजामा हुने सो कार्यक्रमको जर्जमा नेपालका तर्फबाट अभिनेत्री रेखा थापा रहने बताइएको छ । अन्य जर्जहरु भने भारत र अमेरिकाबाट आउने आयोजक टिमले जनाएको छ ।
कार्यक्रबाट विजेता र उपविजेता हुने प्रतिस्पर्धीले आगामी जुन २७ देखि जुलाई ४ मा अमेरिकाको फ्लोरिडामा हुने कार्यक्रममा भाग लिई नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने बताइएको छ ।
प्रतिक्रिया