कांग्रेसका ७७ वटै जिल्लाका सभापति र उपसभापति पोखरामा जम्मा हुँदै
मेरोन्यूज
२०८१ माघ १८ गते ७:४०

काठमाडौं । नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् ।
पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन लागेका हुन् ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं पार्टी कास्कीको व्यवस्थापनमा २२–२३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय गरिएको छ ।
कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार सो प्रशिक्षण कार्यक्रममा मुलुकका ७ वटै जिल्लाका पार्टी जिल्ला सभापतिसँगै जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीसमेत रहेका उपसभापतिहरू सहभागी हुनेछन्।
सो प्रशिक्षण कार्यक्रमलाइ कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्नेछन् ।
सम्बन्धित


















यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया