बुधबार, वैशाख ९, २०८३

मुलुकको आवश्यकता अनुसार संविधान संशोधन हुन्छ : देउवा (सम्बोधनको पूर्णपाठ)

मेरोन्यूज २०८१ माघ १८ गते १४:५७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकता अनुसार संविधान संशोधन र परिमार्जन हुनुपर्ने बताएका छन्।

Advertisement
NiccNicc

उनले संविधान बनेको १० वर्ष पुगिसकेको भन्दै संविधानको सुरक्षा गर्ने, सबल र दुर्बल पक्षको पहिचान गरी आवश्यकताअनुसार संशोधन गर्नुपर्ने बताए।

शुक्रबार प्रतिनिधिसभाको पाँचौं अधिवेशनमा बोल्दै देउवाले संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थालाई कमजोर बनाउन नहुने बताए।

उनले संविधान संशोधन गर्दा अन्य राजनीतिक दलहरूसँग संवाद र सहमति गर्नुपर्ने बताए।

उनले लोकतान्त्रिक व्यवस्था संसारकै उत्कृष्ट रहेको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र भएकाले राजनीतिक प्रणालीले त्यसलाई सुदृढ बनाउँदै नागरिकप्रति जिम्मेवार बन्नुपर्ने बताए।

उनले मुलुक अब आर्थिक रुपमा सबल हुनुपर्ने बताए। उनले लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकताको रुपमा बुझ्न नहुने बताए।

देउवाले सरकारले सेवा प्रवाहमा सहजताका लागि सरकारले कानुन बनाउने, सुशासन कायम गर्ने बताए। उनले नागरिकको सरोकारको विषयमा पेश भएका विधेयकहरू पेश हुने र अध्यादेशहरू सदनबाट स्वीकृत हुनेमा विश्वास व्यक्त गरे।

प्रतिक्रिया