किक बक्सिङ टोली भारत प्रस्थान
मेरोन्यूज
२०८१ माघ १८ गते २०:४२

काठमाडौं । चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।
फेब्रुअरी १ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट ६७ केजीमुनि सुनिम श्रेष्ठ, ५४ केजीमुनि आशिक कोली तथा ५१ केजीमुनि चिरन राई र भक्तराज जोशी प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टिमको प्रशिक्षकमा दिवान्स श्रेष्ठ छन् । वाको इन्डिया किकबक्सिङ फेडेरेसनको आयोजनामा हुने प्रतियोगिता नयाँ दिल्लीको इन्धिरा गान्धी स्पोर्ट्स कम्प्लेक्सस्थित के डी जाधव इन्डोर स्टेडियममा हुनेछ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।
सम्बन्धित
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया