बुधबार, वैशाख २४, २०८२

एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त

मेरोन्यूज २०८१ माघ १९ गते ७:५४

तनहुँ । गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकअन्तर्गत तनहुँको दुलेगौडा हर्कपुर सडकको काममा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडादेखि म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम भएकामा हालसम्म ४१ प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । 

विसं २०५२ मा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १० दशमलव १८ किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भई २०७६ साल मङ्सिर २४ गते शिलान्यास गरिएको थियो । विसं २०७८ माघ १० गतेभित्र सम्पन्न हुनुपर्ने सडकमा पटक-पटक म्याद थप गरिएको छ । आगामी असारसम्म म्याद रहेको उक्त खण्डको प्रगति हालसम्म ४१ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । उक्त खण्ड कालोपत्रका लागि एमएस शङ्करमाली निर्माण सेवाले रू २५ करोड १० लाख ६० हजारमा ठेक्का पाएको थियो ।

प्रतिक्रिया