आइतबार, चैत १, २०८२

हिरोशिमा विश्व शान्तिको प्रतिक: एमाले महासचिव

मेरोन्यूज २०८१ माघ १९ गते ११:४२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जापानको हिरोसिमा पिस मेमोरियल पार्क विश्व शान्तिको प्रतीक भएको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

जापानको हिरोसिमा स्थित सो पार्क अवलोकनका लागि पुगेका पोखरेलले ऐतिहासिक स्थलको स्मरण गर्नका लागि निर्माण गरिएको हिरोसिमा पिस मेमोरियल पार्क आज विश्वभर शान्तिको सन्देश फैलाउने केन्द्रबिन्दु बनेको बताए

 विश्व शान्तिका लागि हिरोसिमाले दिएको सन्देशको निक्कै मर्मस्पर्शी भएको बताउँदै महासचिव पोखरेलले हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमणपछि परमाणु मुक्त विश्वको आवश्यकता र शान्ति स्थापनाका लागि सबै राष्ट्रहरूले संयमता अपनाउनु पर्ने जनाए ।

हिरोसिमाले इतिहासबाट पाठ सिक्न प्रेरित गर्नुका साथै विश्वमा दिगो शान्ति स्थापना गर्ने अभियानलाई सशक्त बनाउने उनको भनाई छ।  

हिरोसिमामा दोस्रो विश्वयुद्धको क्रममा ६ अगस्ट १९४५ मा इतिहासकै सबैभन्दा दर्दनाक घटनामध्ये एक घटना भएको थियो । अमेरिकाले हिरोसिमा सहरमा परमाणु बम आक्रमण गर्दा हजारौँ निर्दोष नागरिकहरूले ज्यान गुमाएका थिए । सो आक्रमणबाट सहरमा अकल्पनीय विनाश भएको थियो ।

विगतका घाउ बिर्सँदै हिरोसिमा पुनर्निर्माण भएर शान्तिको प्रतीकको रूपमा स्थापित भएको छ । 
पार्क अवलोकन गर्न एमाले महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्य सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरू लगायत पुगेका थिए।

सो क्रममा उहाँले परमाणु हमलाको विनाशकारी प्रभावको बारेमा जानकारी लिएका थिि।ए

प्रतिक्रिया