महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग

महोत्तरी। गरिबी र रोगले गाँजेका महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको छन् ।
क्षयरोग पुष्टि भई उपचारका क्रममा औषधि सेवन गरिरहेकालाई पोषणयुक्त खाद्य सहयोग प्रदान गरिएको हो । यस्तो सहयोग विपन्न, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी र बेरोजगारलाई प्रदान हुँदै आएको छ ,।
गौशाला, रामगोपालपुर, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकामा यो कार्यक्रम कार्यान्वयन भएको छ । यो वर्ष ८० जना कार्यक्रममा समेटिएका छन् । लाभग्राहीलाई छ पटकसम्म पोषक तत्त्व प्रदान गरिन्छ ।
क्षयरोगीले औषधी खानअघि खानुपर्ने पोषणयुक्त खानेकुराको अभाव हुन नदिनु कार्यक्रमको उद्देश्य हो ।
रामगोपालपुर नगरपालिकाका अनुसार पोषण सामग्रीमा चामल २५ किलोग्राम दाल एक किलो, तोरीको तेल एक लिटर, चना एक किलो ५०० ग्राम, गहुँको पिठो एक किलो र मांसाहारीलाई एक क्यारेट अण्डा तथा शाकाहारी भए एक किलो सोयाबिन समावेश गरिएको छ ।
रोगी आश्रित पाँच वर्ष मुनिका बालबालिका भए थप दुई किलो सर्वोत्तम पिठो पनि प्रदान गरिन्छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया