बुधबार, वैशाख ९, २०८३

जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : अध्यक्ष दाहाल

मेरोन्यूज २०८१ माघ १९ गते १६:५६

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन्।

Advertisement
NiccNicc

नेकपा (माओवादी केन्द्र) चितवनले आज आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताए । 

उनले भने, “माओवादी केन्द्रप्रति जनतामा ठूलो भरोसा बढेको छ ।” अहिले पार्टीका वर्गीय संगठनलाई बलियो बनाउनतर्फ आफू लागेको अध्यक्ष दाहालले बताए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष गंगा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रमकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य घनश्याम दाहाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया