डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार

डोल्पा । सालनाल अड्केर गम्भीर अवस्थामा पुगेकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको छ ।
ठूलीभेरी नगरपालिका-१० रह गाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो । यही माघ १८ गते आफ्नै घरमा सुत्केरी भई सालनाल ननिस्केर पाठेघरको मुख बन्द भई गम्भीर अवस्थामा पुगेकी विकलाई आज बिहान जिल्ला अस्पताल डोल्पामा पुर्याइएको थियो । गम्भीर अवस्थामा आज अस्पताल आएकी विकको अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल दुनैले रगत चढाएर अस्पतालको समन्वयमा राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरेको जिल्ला अस्पतालका चिकित्सा शाखा प्रमुख डा. अखण्ड उपाध्यायले जानकारी दिए ।
ठूलीभेरी-१० रह गाउँ जिल्ला अस्पतालको नजिकको दूरीमा पर्ने गाउँ भए पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भन्ने चेतनाको कमी हुँदा महिलाको अकालमा ज्यान जाने जोखिम रहेको उनले बताए ।
गर्भवतीले नियमित स्वास्थ्य परीक्षण नगराउने, घरमा सुत्केरी गराउने र अन्तिम अवस्थामा मात्र अस्पतालमा ल्याउने प्रवृत्तिले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको डा. उपाध्यायले उल्लेख गरे । बालविवाह, सानै उमेरमा गर्भवती हुने, उचित पोषणको कमीलगायत कारणले पनि महिलाको स्वास्थ्य अवस्था कमजोर हुने उनको भनाइ छ ।













झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया