अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत

कैलाली । गो ड्रिर्मसको आयोजनामा धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्व अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा डडेल्धुराको फ्रेन्ड्स क्लबले विजयी सुरुआत गरेको हो ।
नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा डिसिए धनगढीलाई आठ विकेटले हराउँदै फ्रेन्ड्स क्लबले विजयी सुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३२ रन बनायो । सुरुआती विकेट सस्तैमा गुमाएर दबाबमा आएको धनगढीलाई सम्मानजनक योगफलतर्फ पुर्याउनका लागि अमित श्रेष्ठले सर्वाधिक ३२ रन बनाए । निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदा आउट भएका अमितले ३२ बलको सामना गर्दै एक छक्का प्रहार गरे ।
सातौँ नम्बरमा ब्याटिङ गर्न आएका निरज ऐरले २७ रन र कप्तान नारायण जोशीले १६ रन बनाए । डडेल्धुराका लागि राहुल लुनियाले तीन, कुशल भुर्तेल र रवि विष्टले दुई/दुई र हेमन्त धामीले एक विकेट लिए । एक सय ३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै जित हासिल गरेको हो ।
डडेल्धुराका लागि भुर्तेलले अर्ध शतक बनाउँदै ५१ बलमा ८७ रनको अविजित पारि खेले । यसैगरी, विनोद भण्डारीले ४२ रन बनाए । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले एक/एक विकेट लिए । नवजीवन सहकारी संस्था लिमिटेड ‘म्यान अफ दी म्याच’ डडेल्धुराका भुर्तेल भए । उनले नगद रु. १० हजारसहित ट्रफी पाए ।
प्रतियोगिताअन्तर्गत भोलि दुई वटा खेल हुनेछन् । पहिलो खेलमा सिवाइसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी-११ सुख्खड प्रतिस्पर्धा गर्नेछन् ।
अर्जुन ट्रफीमा झन्डै रु. २० लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । रनिङ ट्रफीका रूपमा टी-२० प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु. पाँच लाखसहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु. ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ लाई नगद रु. १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका आठवटा क्लबका टोलीहरूको सहभागिता रहेको छ ।











कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
Newly-appointed Foreign Affairs Minister Sharma takes oath of office
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
प्रतिक्रिया