मौलाकालिका अस्पतालको सेवा नयाँ भवनबाट

चितवन। यहाँको मौलाकालिका अस्पतालले अस्पतालले नवनिर्मित भवनमा सेवा सुरु गरेका अवसरमा बहिरङ सेवा (ओपिडी) निःशुल्क र अन्य सेवामा ५० प्रतिशत छुटको घोषणा गरेको छ ।
भरतपुर महानगरपालिका–१० विमानस्थल नजिक रहेको अस्पतालले सोमबारदेखि आफ्नै नयाँ भवनबाट सेवा दिन लागेको हो । भरतपुर महानगरपालिका–११ बाइपास रोडमा ३५ करोडको लागमा निर्माण गरिएको छ तले सुविधासम्पन्न अत्याधुनिक भवनबाट सेवा सुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा माणिकलाल मानन्धरले जानकारी दिए।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लागि अस्पताललाई एक सय शय्यासहित आफ्नै भवन अनिवार्य हुनुपर्ने भएकाले नयाँ भवन निर्माण गरेको बताए ।
अस्पतालका प्रबन्ध निर्देशक डा केशवराज भुर्तेलले नयाँ भवनबाट आकस्मिक सेवासहितका सबै खालका सेवा दिन लागिएको बर्ताए । सरकारले हरेक अस्पतालमा विपन्नका लागि दिने १० प्रतिशत निःशुल्क सेवालाई यस अस्पतालले पनि दिँदै आएको उनले बताए । उनका अनुसार निःशुल्क सेवा भए पनि १० प्रतिशत पु¥याउन नसकिएको उनको भनाइ थियो ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया