अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो

चितवन। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको छ । शनिबार आन्तरिक स्थानान्तरणका क्रममा डार्ट (औषधियुक्त सुई प्रयोग) गरी ल्याइएको १५ वर्षको पोथी गैँडालाई आज बिहान खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका अनुसार शनिबार निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट एउटा पोथी गैँडा नियन्त्रणमा लिइएको थियो । कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा वयस्क पोथी गैँडालाई डार्ट गरेर नियन्त्रणमा लिइएको थियो ।
मगरले निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएकाले त्यहाँका चार वटा गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न थालिएको जानकारी दिए । निकुञ्जले गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरेको थियो ।
निकुञ्जसम्बन्धी अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएपछि सोही आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको सूचना अधिकारी मगरले बताए । उनका अनुसार निकुञ्जको प्राविधिक टोलीले नवलपुरमा पर्ने पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो ।













यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
भक्तपुरमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
रास्वपाकाे समानुपातिक सूचीमा कलाकारदेखि क्रिकेटरसम्म (सूची)
राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया