अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो

चितवन। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको छ । शनिबार आन्तरिक स्थानान्तरणका क्रममा डार्ट (औषधियुक्त सुई प्रयोग) गरी ल्याइएको १५ वर्षको पोथी गैँडालाई आज बिहान खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका अनुसार शनिबार निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट एउटा पोथी गैँडा नियन्त्रणमा लिइएको थियो । कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा वयस्क पोथी गैँडालाई डार्ट गरेर नियन्त्रणमा लिइएको थियो ।
मगरले निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएकाले त्यहाँका चार वटा गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न थालिएको जानकारी दिए । निकुञ्जले गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरेको थियो ।
निकुञ्जसम्बन्धी अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएपछि सोही आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको सूचना अधिकारी मगरले बताए । उनका अनुसार निकुञ्जको प्राविधिक टोलीले नवलपुरमा पर्ने पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया