टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई

कास्की । विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा आज सम्पन्न टाइगर कप भलिबलको उपाधि जितेको छ ।पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई हराउँदै उपाधि जितेको हो । ‘टाइगर ग्रुप अफ अफ पोखरा’द्वारा आयोजित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुलिस क्लब च्याम्पियन बन्न सफल भएको हो । पोखरा रङ्गशालामा भएको फाइनल खेलमा पुलिसले गण्डकीलाई ३–१ सेटले पराजित गरेको हो ।
पुलिसले पहिलो, दोस्रो र चौथो सेटमा जित निकालेको हो । उसले पहिलो सेट २५–२३ अङ्कले तथा दोस्रो सेट २५–२१ अङ्कले जितेको हो । तेस्रो सेट गण्डकीले २५–२० अङ्कले जित्यो । चौथो सेट २५–२२ अङ्कले जित्दै पुलिस क्लबले उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले रु पाँच लाख ८५ हजार पाँच ५५ ट्रफी र मेडल प्राप्त ग¥यो । उपविजेता गण्डकीले रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पायो ।
यसअघि आजै सम्पन्न महिलातर्फको उपाधि आयोजक टाइगर ग्रुपले जित्यो । उसले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ सेटमा पराजित गरेको हो । टाइगर गु्रपले रु पाँच लाख ८५ हजार पाँच सय ५५ र उपविजेता एपिएफले रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पायो । पहिलो सेट १७–२५ अङ्कले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ अङ्कले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २१–२५ अङ्कले एपिएफले जित्यो । आयोजक टोलीले चौथो सेट २५–१६ अङ्कले जित्यो । अन्तिम सेट आयोजक टाइगर गुपले १५–१३ अङ्कको जितेर उपाधि चुमेको हो ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया