यू-१९ महिला विश्वकप : ‘टीम अफ द टुर्नामेन्ट’मा परिन् पूजा महतो
मेरोन्यूज
२०८१ माघ २१ गते १४:४७

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट २०२५ को ‘टिम अफ द टुर्नामेन्ट’ (प्रतियोगिता) को टोली घोषणा गरेको छ ।
विश्वकपमा सहभागी भएका खेलाडीमध्ये उत्कृष्ट १२ मा नेपालकी कप्तान पूजा महतो पनि परेकी छन् । पूजाले उक्त विश्वकपमा ७० रनसहित ९ विकेट लिएकी थिइन् ।
टोलीमा उपाधि विजेता भारतका ४, उपविजेता बनेको दक्षिण अफ्रिकाका ३, इङ्गल्यान्डका २ तथा नेपाल, श्रीलङ्का र अस्ट्रेलियाका १/१ जना खेलाडी छन् । पूजा एसोसिएट राष्ट्रबाट टोलीमा पर्ने एकमात्र खेलाडी हुन् ।
सम्बन्धित











कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
Newly-appointed Foreign Affairs Minister Sharma takes oath of office
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया