नन्दन ताल संरक्षण र प्रवर्द्धनमा पाल्हीनन्दन गाउँपालिका

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले वडा नं ६ सनईमा अवस्थित नन्दन तालको संरक्षण एवं प्रवर्द्धन सुरु गरिेको छ । संरक्षणको अभाव अतिक्रमणमा परेको ताललाई पुरानै अवस्थामा फर्काउनका लागि पहल सुरु गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।
उनले भने, “ताललाई पुरानै स्वरूपमा फर्काउनका लागि गाउँपालिकाले पहल सुरू गरेको छ । विभिन्न समयमा तालेको सर्वेक्षण गरी विस्तृत परियोजना प्रतिवेदन समेत तयार गरेर अगाडि बढेका छौँ ।”
नन्दन तालको क्षेत्रफल करिब ८० बिघा भए पनि अहिले अतिक्रमणका कारण साँघुरिँदै गएको छ । ताल क्षेत्रमा स्थानीयले खेतिपाती गरिरहेका छन् ।
केही वर्षअघिसम्म तालमा माछापालन हुँदै आएको थियो । जसका लागि ठेक्का समेत लाग्ने गरेकोमा पछिल्लो समय ताल अतिक्रमण भएपछि हुन छाडेको वडा नं ६ का वडाध्यक्ष किशान यादवको भनाइ छ ।
ताललाई तालकै अवस्था ल्याउनुपर्छ भनेर विभिन्न समयमा आवाज उठे पनि संरक्षणको ठोस काम हुन नसको स्थानीय सन्दीप यादवले बताए । उनले भने, “तालको क्षेत्रमा भएको अतिक्रमणलाई खाली गराउनका लागि मालपोत कार्यालय, नापी कार्यालय तथा जिल्ला प्रशासनको पनि पहलकदमी आवश्यक छ ।”
















नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया