कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको बताउनुभयो । कर्णालीमा दुई हजार नौ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार आठ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन् ।
हाल विद्यालयका आधारमा १७ हजार तीन सय ८४ हो । नौ सय २७ प्राविमा छ सय ४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार सात सय ९३ होभने अहिले आठ हजार एक सय ४९ जनामात्र छन् । यस्तै एक हजार १४० निम्नमाध्यमिक विद्यालयमा दुई हजार छ सय ९९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने चार हजार पाँच सय ६० शिक्षक हुन्भने अहिले एक हजार आठ सय ६१ जना कार्यरत छन् ।
यसैगरी, छ सय पाँच माविमा एक हजार सात सय ४९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने तीन हजार २५ शिक्षक हुन्भने अहिले एक हजार दुई सय ७६ जना शिक्षक मात्र छन् । दुई सय ५९ उच्च माविमा चार सय ५७ शिक्षक अपुग छन् । यस तहमा एक हजार ३६ शिक्षक हुनुपर्ने होभने अहिले पाँच सय ७९ जना कार्यरत रहेको अधिकृत सुनारले जानकारी दिए । उनका अनुसार कर्णालीमा विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ ।
कानुनअनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन, निमावि तहमा चार, मावि तहमा पाँच र उच्च मावि तहमा चारजना हुनुपर्छ । शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन् । निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र सङ्घीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनुपरेको उनले बताए । बालविकासदेखि उच्च माविसम्म छ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्भने कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ ।















कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
प्रतिक्रिया