भन्सार छलेर ल्याइएको ५६ लाख रुपैयाँ बराबरको सामान बरामद
मेरोन्यूज
२०८१ माघ २२ गते १९:१२

काठमाडौं । पर्सा प्रहरीले लाखौंको भन्सार छलीका सामान बरामद गरेको छ।
पर्साका विभिन्न स्थानबाट मंगलबार प्रहरीले ५६ लाख ४६ हजार ४२९ रुपैयाँ बराबरको सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, इलाका प्रहरी कार्यालय लंगडी र प्रहरी चौकी सिर्सियाको टोलीले एक दिनमा उक्त परिमाणको सामान बरामद गरेको हो।
बरामद सामानमा इलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सुर्ती, चप्पल लगायत छन्। तीन वटा ट्याक्टरमा लोड गरेर ल्याइएको उक्त सामान भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।
पर्सा तस्करीजन्य तथा सीमा अपराध अत्यधिक हुने जिल्ला हो।
सम्बन्धित
















चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया