अबको राजनीतिक मुद्दा भ्रष्टाचार अन्त्य : अध्यक्ष प्रचण्ड

म्याग्दी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारकै कारण नेपालमा आर्थिक संकट देखिएको बताएका छन् ।
माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभामा उनले नेपालको आर्थिक, सामाजिक र भौतिक विकासको बाधकका रूपमा रहेको भ्रष्टाचारको अन्त्य अबको राजनीतिक मुद्दा भएको बताए ।
देशलाई आर्थिक संकटबाट मुक्त बनाउन भ्रष्ट्राचारविरुद्धको लडाइमा जनताको साथ आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो । ‘हिजो जनअधिकार र व्यवस्था परिवर्तनको नेतृत्व गर्यौँ, अब देश विकासको बाधक भ्रष्टाचार अन्त्यका लागि अगाडि बढ्छौँ । यसमा सबैको साथ आवश्यक छ’, उनले भने ।
पूर्व प्रधानमन्त्री दाहालले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरेर जनतामा आशा र विश्वास जगाउने प्रयत्न गरेको धारणा राखे । ‘विद्युत् वितरण प्रणालीको चुहावट नियन्त्रण गरेर लोडसेडिङको अन्त्य, संविधानको कार्यान्वयन, समावेशी, समानुपातिक व्यवस्थाको अगुवाइलगायत काम भएका छन् । ३० हजार गरिब किसानको कृषि ऋण मिनाह गर्ने काम भएको छ’, उनको भनाइ थियो ।
जलविद्युतको अन्तर्राष्ट्रिय व्यापारका लागि सम्झौता तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय प्रशारण लाइन आयोजना अघि बढाएको बताउँदै अध्यक्ष दाहालले म्याग्दीको छिमेकी जिल्ला मुस्ताङको कोरलालगायत नेपाल चीनका परम्परागत व्यापारिक नाका पनि सञ्चालनमा ल्याउने काम आफ्नै नेतृत्वमा भएको दाबी गरे ।
यसैगरी उनले विगतका कमजोरीलाई सच्चाएर जनताको पक्षमा दृढतापूर्वक उभिने अभियान सुरु गरिएको र विभाजित माओवादीलाई एकैठाउँमा ल्याउने काम अन्तिम चरणमा पुगेको बताए ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, नेताहरू हरिबहादुर भण्डारी, शेरबहादुर केसी र विनोद केसीले म्याग्दीको विकास निर्माणको विषयमा सरकारको ध्यानाकर्षण गराउन आग्रह गरे ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया