रौतहटमा मूर्ति सेलाउने क्रममा बेपत्ता युवक मृत फेला

रौतहट। रौतहटको पूर्वि भेग राजदेवी नगरपालिका छेउ बागमती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएको प्रधानाध्यापकको छोरा विद्यार्थीको शव १४ घन्टा पछि फेला परेको छ।
राजदेवी–६ स्थित बागमति नदीमा मूर्ति सेलाउन गएका वडा ७ मुडवलवाका विद्यार्थीहरू मध्ये बर्ष २२ का सुरज यादव मंगलवार साँझ पौने ७ बजे डुबेर बेपत्ता भएका थिए।
बाग्मती नदीमा सरस्वतीको मुर्ति बिसर्जन गर्न गएको र अबेर सम्म घर नफर्केको हुदाँ निजको आफन्तले सोही नदीमा खोजी गर्दै प्रहरीलाई खबर गरेका थिए।
खबर लगत्तै सशस्त्र प्रहरी बल बिओपी बेलविछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको बीरदल गण रौतहटबाट संयुक्त टोली खटिई गएको संयुक्त टोलीले खोजि गर्दै जादाँ आज बिहान सवा १० बजे मूर्ति सेलाएको स्थानबाट १०० मीटर दक्षिण बागमती नदीमा डुबेको अवस्थामा विद्यार्थीको शव फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। मृतक विधार्थी स्थानिय प्राबि मूडबलावाका प्रधानाध्यापक उमेश यादवको छोरा रहेका थिए।













शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया