बाराबाट ९ किलो गाँजासहित तीन जना पक्राउ
मेरोन्यूज
२०८१ माघ २३ गते २०:३७

बारा । बारा प्रहरीले गाँजासहित बुधबार बिहान तीन जनालाई पक्राउ गरेको छ।
प्रसौनी गाउँपालिका-२ प्रसौनी बजारबाट प्रहरीले करिब ९ किलो २ सय ४१ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सोही ठाउँका ५५ वर्षीया रम्भा देवी मुखिया, ३८ वर्षीय जोगिन्द्र मुखिया र पर्सा बिन्दबासिनी गाउँपालिका घर भएकी ६० वर्षीया ममता देवी मुखिया रहेका छन्।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले रम्भा देवीलाई ३ किलो १ सय ४१ ग्राम, जोगिन्द्रलाई २ किलो ६ सय ४३ ग्राम र ममता देवीलाई ३ किलो ४ सय ५७ ग्राम गाँजासहित पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया