मच्छिन्द्र आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

कास्की। मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा आज सम्पन्न खेलमा विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २-० गोलले मच्छिन्द्रले निराश बनाएको हो। पहिलो हाफको खेल गोलरहित टुंगिएकामा खेलको ७४औँ मिनेटमा आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाए। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका शाक्यले फरवार्ड आयुष घलानको पास सदुपयोग गर्दै गोल गरे।
मच्छिन्द्रले खेलको ८१औँ मिनेटमा अग्रता दोब्बर बनायो। विदेशी खेलाडी स्टेफन कामाहाले रक्षक देवेन्द्र तामाङले प्रहार गरेको फ्रिकिक बललाई हेड गर्दै गोल गरेका हुन्। खेलमा एपिएफ क्लबले पनि गोलका केही मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेन। खेलपछि एपिएफका प्रशिक्षक जिवेश पाण्डेले खेलाडीले मौकाको सुदपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए।
यसैगरी विजेता टोली मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफ्नो रणनीतिअनुसार नै खेलाडीले खेलेको बताउँदै प्रदर्शनप्रति खुसी व्यक्त गरे।
चौबिसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेका रूपमा एक टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए।











ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया