सोमबार, चैत ९, २०८२

बूढासुब्बा गोल्डकपः आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

मेरोन्यूज २०८१ माघ २३ गते २१:४८

धरान (सुनसरी)। आरटिसी भुटान फुटबल क्लबलाई ७–० गोल अन्तरले हराउँदै चर्च ब्याइज युनाइटेड फुटबल क्लब २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

आज धरान रंगशालामा भएको खेलको २१औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै अग्रता दिलाएका थिए। उनले अब्योमी फकुन्लेको पासमा गोल गरेका थिए।

खेलको ५६औँ मिनेट र ८५औँ मिनेटमा समीर तामाङले गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसैगरी चर्च ब्वाइजकै अर्माण्ड भिदोमले खेलको २७औँ, ४९औँ र ५६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे। चर्च ब्वाइजकै पदम भट्टराईले २९औँ मिनेटमा गोल गरे।

आजको खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका समीर तामाङ घोषित भए। उनले ट्रफी र नगद रु १० हजार प्राप्त गरे। बिहीबार हुने सेमिफाइनल खेल एनआरटी क्लब काठमाडौं र युकेएफसी भारतबीच हुनेछ।

प्रतिक्रिया